काठमाडौं । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् ।
किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो आइतबारदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ ।
प्रहरीले समक्ष गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो। सोमबार बसेको प्रतिनिधिसभाको बैठमका पनि यसबारे विभिन्न सांसदहरुले सरकारको ध्यानाकृर्षण गराएका छन् ।
बारा प्रहरीका एपपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको छ ।
भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया