खगेन्द्र सुनारकाे आह्वान : बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ ठाेकाैँ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गरेका छन् ।

सोमबार जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आह्वा गरेका हुन् ।

उनले विगतदेखि बलात्कार र हत्या भएकाहरूको नाम लिएका थिए । उनले भने, ‘बलात्कार र हत्याको फेहरिस्त धेरै नाम सुनाउन सकिन्छ । घण्टौँ घण्टासम्म सुनाउन सकिन्छ र लामो छलफल गर्न सकिन्छ । तर हामीले गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ ? निर्मला पन्तको जन्ती जाने हो कि मलामी जाने हो ? त्यो छलफल गर्नुपर्ने बेलामा हामी पुगिसकेका छौँ ।’

उनले चेलीहरूको बाँच्न पाउने र नाच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेसमेत बताए ।