काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले बलात्कार जस्तो जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्नेतर्फ बहस अगाडि बढाउनुपर्ने बताएकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।
ओलीले अबको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्नेमा मात्र सीमित हुन नहुने बताइन् । ‘आजको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्ने होइन ? यस्ता जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्ने हो,’ उनले भनिन् ।
नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रोटोकलले मृत्युदण्ड रोकेको प्रसङ्ग उल्लेख गर्दै उनले प्रश्न गरिन्, ‘एउटी नेपाली छोरीको जीवनभन्दा ठुलो कुनै प्रोटोकल हुन सक्छ ? भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ?’




प्रतिक्रिया