केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन,पोखरेलले राखे यस्ताे प्रस्ताव


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिएका छन् ।

उनले भदौ २५, २६ र २७ गते बैठक बोलाउन महासचिव पोखरेललाई निर्देशन दिएका हुन् ।

अध्यक्षको निर्देशनपछि महासचिव पोखरेलले पहिला कार्यदल र सचिवलायको बैठक बोलाएर मात्र केन्द्रीय कमिटी डाक्न उचित हुने सुझाव दिएको स्रोतले बतायो ।

पार्टी पुनर्गठनका लागि गठन भएको कार्यदलको बैठक बसेपछि सचिवालय बैठक पनि बस्नु पर्ने भन्दै पोखरेलले अध्यक्ष ओलीलाई प्रस्ताव गरेका हुन्।