काठमाडौं, भदौ ९ । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य ३ हजार २ सयले बढेको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य आज २ लाख ७६ हजार २३५ रुपैयाँ कायम भएको छ। सोमबार १० ग्राम सुन २ लाख ७६ हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि मंगलबार घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ४ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ६५ रुपैयाँले घटेको हो।




प्रतिक्रिया