बानेश्वरमा महिला प्रहरी जवानलाई आक्रमण गर्ने युवक पक्राउ


काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानलाई आक्रमण गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान काठमाडौँ–१० स्थित पुरानो संसद भवन नजिकै जुम्लाको तातोपानी घर भएका २७ वर्षीय युवकले एकजना महिला प्रहरी कर्मचारीलाई आक्रमण गरेका हुन् ।

उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए । प्रहरीका अनुसार आकाशेपुलबाट बाटो काट्न आग्रह गर्दा कठायतले महिला प्रहरीसँग विवाद गर्दै आक्रमण गरेका थिए ।

घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको जनाएको छ ।