‘मेयर्स रिसर्च फेलोसिप २०८३’ का लागि अनुसन्धान प्रस्ताव आह्वान


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले ‘मेयर्स रिसर्च फेलोसिप २०८३’ का लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको छ।

महानगरपालिकाको सर्वाङ्गीण विकासका विविध आयामहरूसँग सम्बन्धित नीतिगत अनुसन्धानमार्फत प्रमाणमा आधारित नीति निर्माण गर्न यो कार्यक्रम अघि बढाइएको हो। यसका साथै कार्यमूलक अनुसन्धानमार्फत सहरी विकाससँग सम्बन्धित आयोजनाहरूको पहिचान गर्न सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।

मंगलबार प्रकाशित सूचना अनुसार तोकिएको योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्ताहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रीतपूर्वक अनुसन्धान प्रस्ताव पेश गर्नुपर्नेछ।