उद्धारका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवा उडे


काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भीषण बाढी आएपछि उद्धारका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर त्यसतर्फ उडेको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ पठाइएको हो ।

थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको उनले बताए ।

साथै स्थलमार्गबाट पनि सेनाको टोली घटनास्थलतर्फ गएको छ ।

प्रधानमन्त्री बालेन शाहले पनि उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।