काठमाडौं । रसुवामा आएको बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।
प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धार तथा राहत कार्यलाई आवश्यकताअनुसार तत्काल अघि बढाउन सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न भनिएको जानकारी दिएका छन्।
निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्डबाइमा राख्न जानकारी गराइएको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।




प्रतिक्रिया