काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भीषण बाढी आएको छ । यसैबीच बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाका अनुसार ९ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका हुन् ।
उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिए पनि अहिलेसम्म सम्पर्क हुन नसकेको उनले बताए ।
रसुवामा एक्कासि आएको बाढीले अहिले ठूलो क्षति भएको छ ।
प्रधानमन्त्री बालेन शाहले उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।




प्रतिक्रिया