इस्लामावाद, १० भदौ । पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको स्त्रीरोग वार्डमा बुधबार आगलागी हुँदा कम्तीमा १४ जना नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुरक्षाका कारण नाम नछाप्ने सर्तमा प्रत्यक्षदर्शीहरुले अस्पतालको तेस्रो तलाको स्त्रीरोग वार्ड क्षेत्रमा स्थानीय समयअनुसार बिहान लगभग ६ः४० मा आगलागी भएको जनाएका छन् । उनीहरुका अनुसार त्यहाँ नवजात शिशुहरुलाई राखिएको थियो ।
अग्नि नियन्त्रक कर्मचारी, एम्बुलेन्स र प्रहरी घटनास्थलमा पुगेपछि उद्धार कार्य सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । आगलागी भएको वार्डबाट धेरै बालबालिकाहरूलाई उद्धार गर्न सफल भएकोसमेत बताइएको छ ।
स्रोतका अनुसार सुरुमा नौ बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य घाइतेहरूलाई बाल वार्डमा सारेर उपचार सुरु गरे पछि मृत्यु भएको थियो ।
प्रहरीले आगलागीको कारण र हताहतको बारेमा सही विवरणहरू सङ्कलन जारी राखेको छ भने उद्धार कार्य अझै जारी छ ।




प्रतिक्रिया