काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि भारत सरकारले राहत सामग्री पठाएको छ।
भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालको बाढी प्रभावित क्षेत्रलाई लक्षित गर्दै १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधिहरू पठाएको जानकारी दिएका हुन्।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार बाढीमा परी बुधबार साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। फेला परेका शवहरूमा २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ जना बालक र पहिचान नखुलेका २० जना रहेका छन्।




प्रतिक्रिया