नुवाकोट, भदौ ११ । रसुवाको भोटेकोसी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रको अवस्था बुझ्न वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला नुवाकोट पुगेका छन्।
धमलाले नुवाकोटको विदुर बजार पुगेर बाढीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्नुका साथै स्थानीयवासी तथा बाढीपीडितसँग प्रत्यक्ष भेटेर क्षति र समस्याबारे जानकारी लिएका छन्।

रसुवाको भोटेकोसीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । यो विपत्तिको समयमा सबै नेपाली एकजुट हुनुपर्नेमा उनले जोड दिए। उनले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई समेत विपत्तिमा परेका नागरिकको उद्धार र राहतका लागि सहयोग गर्न आह्वान गरेका छन्।
धमलाले बाढी प्रभावितको तत्काल उद्धार, राहत तथा आवश्यक सामग्रीको व्यवस्थापनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न र प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री तत्काल पुर्याउन उनले सरकारको ध्यानाकर्षण गराए ।
बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा र तत्काल राहत उपलब्ध गराउनु अहिलेको प्रमुख प्राथमिकता भएको भन्दै धमलाले सरकारले उद्धार, राहत र पुनःस्थापनाको कामलाई तीव्र बनाउनुपर्ने बताए ।





प्रतिक्रिया