स्वयंसेवक परिचालनमा दलहरूको तत्परता प्रशंसनीय : गृहमन्त्री गुरुङ


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्को समयमा स्वयंसेवक परिचालनका लागि सबै राजनीतिक दल तथा विभिन्न पक्षबाट व्यक्त गरिएको तत्परता प्रशंसनीय रहेको बताएका छन्।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा गुरुङले विपद्मा राजनीतिक दल तथा नागरिकस्तरबाट देखाइएको सहयोग र स्वयंसेवक परिचालनको तयारी सकारात्मक रहेको बताएका हुन्।


उनले विपद्को समयमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारसँगै राजनीतिक दल, स्वयंसेवक तथा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए।