काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले थप ३७.५ टन राहत सामग्री पठाएको छ ।
भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत ३७.५ टन मानवीय सहायता, विपद् राहत सामग्री, औषधि र खाद्यान्न बोकेको विमान काठमाडौँतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन्।
विदेशमन्त्री जयशङ्करले जारी राहत प्रयासमा भारतले निरन्तर बलियो सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन्।
यसअघि पनि उनले शोकसन्तप्त परिवार तथा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका थिए। यसअघि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगिसकेको छ।




प्रतिक्रिया