नारायणी नदीमा बाढीले बगाएर ल्याएका ६२ वटा शव फेला


काठमाडौँ । नारायणी नदी किनारमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ६२ वटा शव फेला परेका छन् ।

अहिलेसम्म २६ पुरुष, १६ महिला, बालक ३, बालिका ७ र लिङ्ग नखुलेको ९ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

सङ्कलन गरिएका शवलाई अहिले पालिकास्तरका अस्पतालमा राखिएको र पोखरा पठाउने तयारी भइरहेको उनले बताए । फेला परेका कुनै पनि शवको पहिचान खुल्न सकेको छैन ।