रसुवा बाढी अपडेट : हालसम्म ३८९ जनाको शव फेला


काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १७: ०० बजे सम्म ३ सय ५९ जनाको मृत्यु भएको छ । 

जसमध्ये रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा ३३ जना, चितवनमा १ सय ३२ जना, गोरखामा ३० जना, तनहुँमा २२ जना, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्‍चिम १५ जना गरी ३ सय ५९ जनाको शव फेला परेको छ । 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।