तिब्बतमा पुनः पानीको ड्याम फुटेकाे सूचना पाएसँगै सुरक्षित स्थानतर्फ जान थाले नागरिकहरु


काठमाडौं । चीनको तिब्बतमा पुनः पानीको ड्याम फुट्दा फेरि बाढी आएको नेपाल प्रहरीले जनाएको छ ।

उक्त बाढीले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने सूचना पाएसँगै सुरक्षित स्थानतर्फ जान थालेका छन् ।

नेपाल प्रहरी, बाढी प्रभावित जिल्लाका प्रशासन कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीको बहाव बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रमा रहेका मानिसहरूलाई सुरक्षित रहन भनेका छन् ।