चीनमा ताल फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेसी आइपुग्यो


काठमाडौं । आज बिहान चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ठूलो ताल फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो ।

बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा समेत जोखिम बढेको भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मै अर्को सूचना जारी नभएसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।