काठमाडौं । रसुवाको भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले सहयोग गर्ने भएको छ । कांग्रेस काभ्रेले बाढीबाट प्रभावित नागरिकहरुको लागि खाद्यान्न, आवास तथा कपडालगायत आवश्यक राहत व्यवस्थापनका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए ।
राहत व्यवस्थापनको लागि आज बिहान लामाको सभापतित्वमा बसेको बैठकले राहत कोषका लागि आर्थिक सहयोग जुटाउने निर्णय गरेको हो ।
अभियानअन्तर्गत कांग्रेस काभ्रेका विभिन्न तहमा जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरूले आर्थिक सहयोग संकलन गरिरहेका छन् । विपद्का बेला राज्य र नागरिकमाथि परेको समस्यामा सबै मिलेर साथ दिनुपर्ने भन्दै सभापति लामाले आफ्ना नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई सहयोग अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।
सभापति लामाका अनुसार हालसम्म अभियानबाट ११ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । संकलित रकम भदौ १५ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपास्थित विपद् कोषमा हस्तान्तरण गरिनेछ ।
उक्त रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रयोग गरिने कांग्रेस काभ्रेले जनाएको छ ।




प्रतिक्रिया