काठमाडौं । सिन्धुपाल्चोक लामोसाँघुका गाडी चालक गणेश पराजुली रसुवाको स्याफ्रुबेसी क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। बुधबार आएको बाढीपछि पराजुली परिवार तथा आफन्तको सम्पर्कमा नआएको बताइएको छ।
पराजुली स्याफ्रुबेसी क्षेत्रमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको जानकारी उनका परिवारले रिपोर्टस नेपाललाई दिएको छ।
बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थामा उनको अवस्था अझै अज्ञात रहेको हो ।
परिवारले गणेश पराजुलीको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा तत्काल ९८६०७४९१९६ नम्बरमा सम्पर्क गरी परिवारसम्म सूचना पुर्याइदिन आग्रह गरेको छ।




प्रतिक्रिया