काठमाडौँ । सरकारले बुधबार बिहान भोटेकोशीमा आएको बाढीबाट प्रभावित ३ हजार २ सय ५३ जना व्यक्तिको उद्धार गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले ३ हजार २ सय जनाको उद्धार गरेको जानकारी दिएका हुन् ।
नेपाली सेनाका ६ र निजी ९ गरी १५ वटा हेलिकप्टर उद्धारका लागि खटिएको पनि सरकारले जनाएको छ । त्यस्तै, चार वटा हेलिकप्टरमार्फत खाद्य तथा अन्य सामाग्री प्रभावित स्थानमा पठाइएको पनि सरकारले जनाएको छ ।




प्रतिक्रिया