काठमाडौँ । बुधबार बिहान तिब्बतबाट रसुवाको भोटेकोशिमा आएको बाढीपछि जारी उद्धार तथा राहत प्रयासबारे भारतमा उच्चस्तरीय छलफल भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालमा भइरहेका उद्धार तथा राहत कार्यबारे शुक्रबार छलफल गरिएको जानकारी दिए।
काठमाडौँ र बेइजिङस्थित भारतीय दूतावासले नेपाल तथा चीनमा रहेका भारतीय नागरिकको अवस्था र उनीहरूको सुरक्षाबारे अद्यावधिक जानकारी उपलब्ध गराएको उनले बताए । उनका अनुसार भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा पठाइने थप राहत सामग्रीबारे पनि जानकारी गराइएको छ।
जयशंकरले रसुवा बाढी तथा त्यसबाट प्रभावित भारतीय नागरिकको विषयलाई भारत सरकारले ‘उच्चतम प्राथमिकता’ दिएको बताए।
विनाशकारी बाढीपछि ठुलो धनजनको क्षती भएको छ । हालसम्म ३८९ मामनिसको शव फेला परेको प्रहरीले जनाएको छ । ८५ भारतीय नागरिकको उद्धार गरिएको छ भने कैयौँ भारतीयसहित अन्य विदेशि पर्यटक वेपत्ता छन्।




प्रतिक्रिया