रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार जना कर्मचारीको सकुशल उद्धार


काठमाडौँ । सरकारले रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार जना कर्मचारीको सकुशल उद्धार गरिएको छ। बुधबार बिहान आएको बाढीले सडक सञ्जाल अवरुद्ध भएपछि फसेका उनीहरूको उद्धार गरिएको हो ।

केन्द्रभित्रै थुनिएका कर्मचारीहरू भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीलाई उद्धार टोलीले सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको प्रहरीले जनाएको छ ।

यसैगरी, बाढीबाट प्रभावित अर्को आयोजना अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि सरकारले ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरेको छ।

आयोजनाको टनेलभित्र मानिसहरू फसेकाले उनीहरूको प्रभावकारी उद्धारका लागि आवश्यक सामग्रीसहितको विशेष टोली हेलिकप्टरमार्फत त्यसतर्फ पठाइएको हो ।