काठमाडौँ। गत भदौ १० गते बिहान रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको लागि नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल, जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आर्थिक सहयोग गरेको छ ।
तरुण दलले आन्तरिक रूपमा संकलन गरिएको रकम ८०,७०० रुपैँया सहयोग रकम नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालालाई आज हरुतान्तरण गरिएको हो । सहयोग रकम तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सञ्जय लामा हस्तान्तरण गरेका हुन्।
विपद्को यस कठिन घडीमा पीडित नागरिकहरूको साथमा उभिँदै मानवीय सेवाप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्ने सबैमा अध्यक्ष लामाले धन्यवादसमेत व्यक्त गरेका छन् ।





प्रतिक्रिया