काठमाडौं । रसुवाको भोटेकोसी नदीमा शुक्रबार राति फेरि बाढी बढेको छ । बाढी बढेकाेबारे जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट सूचना प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म)मा अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।
“भदौ १२, राति ८:५४ बजे । जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट प्राप्त सूचनाअनुसार भोटेकोसीमा पुन: बाढी बढेकोले त्रिशुली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ,” महाशाखाले भनेको छ ।




प्रतिक्रिया