चितवन । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नारायणी नदी किनारमा फेला परेका पहिचान खुल्न नसकेका शवलाई देवघाटस्थित जंगलमा व्यवस्थापन गरिने भएको छ ।
चितवनमा हालसम्म फेला परेका २३३ शवमध्ये पाँचवटाको मात्र पहिचान खुलेको छ । पहिचान हुन नसकेका शव सड्न–गल्न थालेपछि दुर्गन्ध फैलिनुका साथै सङ्क्रमणको जोखिम बढेकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शव व्यवस्थापनको तयारी गरिएको हो ।
शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकखण्ड नजिकको जङ्गलमा स्थान तयार पारिएको छ । सुरक्षाकर्मीको उपस्थितिमा दुईवटा डोजर प्रयोग गरी तीनवटा खाडल खनिएको छ। प्रत्येक खाडल करिब १.५ मिटर गहिरो रहेको छ ।
खाडल खन्दा जङ्गलमा रहेका सालका रुखलाई सकेसम्म जोगाइएको छ। शवलाई व्यवस्थित रूपमा राख्न एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको पर्ने गरी व्यवस्थापन गर्ने तयारी गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले बताए ।





प्रतिक्रिया