काठमाडौँ । मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिइरहेको छ ।
बुधबार बिहान तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे क्षेत्रमा विध्वंस मच्चाएको थियो। यसैबीच रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।
उक्त बाढीमा परेकी ६ वर्षीय बालिकाको शुक्रबार साँझ सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले जीवितै उद्धार गरेको हो।
सशस्त्र प्रहरी बलका सह(प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बाढी गएको झन्डै ६० घन्टापछि बालिकाको जीवितै उद्धार भएको हो।
उद्धार गरिएकी बालिकाको पहिचान खुलिसकेको छैन। बालिकाकालाई बोर्डर आउटपोस्ट टिमुरेबाट करिब २ सय मिटर नजिकबाट बाढीले थुपारेको ढुंगा र काठभित्रबाट उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धारपश्चात बालिकालाई सुरक्षित स्थानमा राखेर सशस्त्र प्रहरीका टोलीले प्राथमिक उपचार गरेको छ।




प्रतिक्रिया