उद्धार, खोजी र राहत कार्यमा सरकारले  कुनै कसर बाँकी राखेको छैनः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै भोटेकोशी बाढी पछि प्रभावित क्षेत्रमा सरकारले गरेको कामबारे जानकारी दिँदै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा खोज, उद्धार तथा राहत वितरणको कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको बताएका छन् ।