काठमाडौं, भदौ १४ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको थप मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमार्फत नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै थप जीवनरक्षक सहायता उपलब्ध गराउने जनाएको हो ।
विज्ञप्तिअनुसार अमेरिकी सहयोगबाट तीन महिनासम्म १० हजार बाढीपीडितलाई आवश्यक खाद्य सामग्री उपलब्ध गराइनेछ । अमेरिकी सरकारले विपद्को कठिन समयमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न मानवीय सहायता परिचालन गर्ने जनाएको छ ।




प्रतिक्रिया