७ सय ३४ जनाको शव फेला


काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बगेकामध्ये ७ सय ३४ जनाको शव फेला परेको छ । घटनामा परेर २५ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् ।

प्रहरीले प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्य जारी राखेको छ । प्रहरीद्वारा जारी गरिएको पछिल्लो अद्यावधिक विवरणमा बाढी र पहिरोका कारण बगेकामध्ये ७३४ जनाको शव फेला परेको हो । रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २ सय ५९, गोरखामा ५८, तनहुँमा ३६, नवलपुर पूर्वमा १ सय ८४, नवलपुर पश्चिममा ८२ शव फेला परेको हो ।

यस्तै, प्रहरीले घटनामा परेर घाइते भएका २ हजार ६ सय ९२ जनाको उद्धार गरेको छ ।

तीमध्ये रसुवामा ६ सय ७६, नुवाकोमा २ हजार २० र धादिङमा ३ जनाको उद्धार गरेको हो ।

यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १ सय ६० पुगेको छ । विपद् क्षेत्रमा ७ हजार २ सय ९३ प्रहरी कर्मचारी परिचालन भएका छन् ।