रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा प्रचार गरेको आरोपमा रामेछापमा एक युवा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक तथा पार्टी सदस्य रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान् कार्कीलाई नियन्त्रणमा लिइएको हो। उनी हाल रास्वपा गोकुलगंगा गाउँपालिका कार्यसमति सह-सचिव रहेका छन् ।
कार्की गत फागुन २१, २०८२ मा सम्पन्न भएकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा शारदा माविमा रहेकाे मतदान केन्द्रमा हाल बहालवाला सांसद डा. कृष्णहरी बुढाथोकीको तर्फबाट प्रनिनिधिसमेत बनेका थिए ।
प्रहरीका अनुसार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि नेपाल सरकारद्वारा जारी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले ChatGPT को प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेका थिए। उक्त नक्कली स्टेटमेन्टमा आफ्नो QR कोडसमेत राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले बताए ।





प्रतिक्रिया