बाढीपछि खोजी, उद्धार र राहतबारे रवि लामिछानेले लिए ब्रिफिङ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोसी बाढीबाट उत्पन्न विपद्पछि भइरहेको खोजी, उद्धार तथा राहत कार्यका सम्बन्धमा पार्टी सर्कलमा भइरहेको कामबारे ब्रिफिङ लिएका छन् ।

सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्तामार्फत भइरहेको खोजी, उद्धार र राहतसम्बन्धी गतिविधिको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।

ब्रिफिङ लिएपछि लामिछानेले विपद्को समयमा प्रभावित नागरिकलाई प्रभावकारी सहयोग पुर्‍याउन पार्टीको सम्पूर्ण तह र निकायलाई आवश्यक निर्देशन दिएका छन् ।

उनले खोजी, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन पार्टीका सबै तहबीच आवश्यक समन्वय गर्दै सक्रिय रूपमा परिचालन हुन निर्देशन दिएको बताइएको छ ।