कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक सोमबार भदौ १५ गते बिहान ११ः ०० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।

बैठकमा वर्तमान राजनीतिक अवस्था, संसदमा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

विशेषगरी मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको बुझिएको छ । साथै, प्राकृतिक विपद्का घटनाहरू र जनताका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुनेछ