भोटेकोशीमा बाढी : ७५२ जनाको शव फेला


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्तामधये ७५२ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो १ बजे सार्वजिनक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो ।

प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ भने अझै २ हजार ५०२ जना सम्पर्कविहीन छन् ।