काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताएका छन् । आइतबार काठमाडौँमा भएको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय शोकको बेलामा कसैले पनि राजनीति गर्न नहुने बताए । ‘शोक र पीडामा कसैले पनि राजनीति गर्नुहुँदैन, सबैले उदारतापूर्वक सहयोगका हात अघि बढाउनुपर्छ’ उनले भने ।
यस्तो अवस्थामा नागरिकको उद्धार, राहत र पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता हुने भन्दै तीनवटै सरकार, सङ्घसंस्था र परोपकारी व्यक्तिहरू मिलेर समाधान गर्नुपर्ने ओलीको धारणा छ ।




प्रतिक्रिया