काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमति प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई बोलाएर पनि भेट नदिएपछि रास्वपाको केन्द्रिय कार्यालयमा पुगेका छन् ।
बाढी पहिरो प्रभावितलाई राहत वितरण गर्नेबारे छलफल गर्न उनलाई सिंहदरबार बोलाइएको थियो । तर, प्रधानमन्त्रीले भेट नदिई उनका सुशासन मामिला विज्ञ सुदीप ढकालसँगकुरा गराए ।
आज बिहान ११ बजे प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा संघीय सरकारले राहत वितरण गर्न नसकेको स्वीकार गर्दै सल्लाहकारहरूले प्रदेशले स्थानीय तहसँग समन्वय गरेर राहत बाँड्न आग्रह गरेका थिए । दिउँसो ३ बजेट प्रधानमन्त्रीसँग भेट्ने र त्यसपछि मोडालिटी तय गर्ने भनिएको थियो । सोही अनुसार उनी सिंहदरबारमा ३ बजे पुगे तर प्रधानमन्त्रीले भेट नदिएको उनले बताए ।
प्रधानमन्त्रीले हेपाहा र गैरजिम्मेवार चरित्र देखाएको भन्दै आक्रोशित बनेका उनी सीधै रास्वपा केन्द्रीय कार्यालय पुगेका रास्वपाका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
सभापति लामिछाने र मुख्यमन्त्री थापा मगरबीच बाढी प्रभावितको राहत,उद्धार तथा पुननिर्माण लगायतका मानवीय सहायताका विषयमा छलफल भएको स्रोतले बतायो ।




प्रतिक्रिया