राष्ट्रिय सभाको बैठक बस्दै


काठमाडौं, भदौ १६ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, भोटेकोशी बाढीका कारण भएको जनधनको क्षति, उद्धार, राहत तथा प्रभावित नागरिकको अवस्थाबारे सांसदहरूले धारणा समेत राख्नेछन्।

बाढीबाट रसुवालगायतका क्षेत्रमा ठूलो क्षति पुगेको र उद्धार तथा राहतका काम जारी रहेका बेला राष्ट्रिय सभाको बैठकमा विपद्को विषयमा समेत छलफल हुन लागेको हो।