बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने


सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत, उद्धारका निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकबाट यो सहयोग गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले जानकारी दिए ।

भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विपद् व्यवस्थापनका निम्ति उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको उनले बताए ।