करदाता प्रोत्साहन कार्यक्रम स्थगित


काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम स्थगित गरेको छ।

विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।

रसुवा,नुवाकोट, धादिङ लगायतका स्थानमा बाढी र पहिरोका कारण हजारौँ  मानिसको हताहती भएसँगै विभागले उपहार वितरण कार्यक्रमलाई रोकेको हो ।