काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवा बाढीबाट प्रभावित ११ हजार ९९३ जनाको उद्धार भएको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले तीन हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिए ।
‘११ हजार ९९३ को उद्धार गरेका छौँ । तर, पनि तीन हजार ९१६ जना सम्पर्कविहीन हुनुहुन्छ । उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना भएका घाइतेमध्ये केही बेरअघिसम्म १८२ जना डिस्चार्ज भइसक्नुभएको छ,’ उनले भने ।




प्रतिक्रिया