काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निलम्बन गरेकाे छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको जनाएकाे छ ।
मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई निलम्बन गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार एन-प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू बारम्बार पालना नगरेको पाइएको छ। त्यस्तै, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधि गरेकोसमेत मन्त्रालयको ठहर छ।
मन्त्रालयले सूचना जारी भएपछि संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट गरिने गतिविधि गैरकानुनी हुने चेतावनीसमेत दिएको छ। त्यस्ता गतिविधिमा संलग्न भए प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।





प्रतिक्रिया