काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता राबहादुर थापा(बादल)ले गत वर्ष र यस वर्ष पनि भदौमा ठूलो विपत्ति व्यहोर्नुपरेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गत वर्ष मानव सिर्जित र यस वर्ष प्राकृतिक विपत्ति व्यहोर्नुपरेको टिप्पणी गरे ।
यसपटकको विपत्तिबाट बाहिर आउन कठिन रहेको उनले बताए । ‘गत वर्ष भदौमा मानव निर्मित विपदको सामना गर्नुपर्यो, छ दर्जन बढि नागरिकको अनाहकमा ज्यान गयो । सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म सबै आगो लगाइएर ध्वस्त पारियो,’ थापाले भने, ‘दुर्भाग्यबस यसवर्ष पनि भाद्र १० गते घटित विस्मयकारी विध्वंशले हजारको ज्यान गएको छ । भौतिक क्षतिको त कुनै हिसाबकिताब छैन ।




प्रतिक्रिया