भोटेकोशी बाढीपीडितलाई ६३ लाख सहयोग


गुल्मी, १७ भदौ । गुल्मीका छ स्थानीय निकायले भोटेकोशी बाढीपीडितको राहतका लागि ६३ लाख ८०० रुपैयाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला गरेका छन् ।

रुरुक्षेत्र गाउँपालिकाले २६ लाख ७५ हजार, चन्द्रकोट गाउँपालिकाले १४ लाख, रेसुङ्गा नगरपालिकाले १० लाख, गुल्मी दरबार गाउँपालिकाले पाँच लाख, मदाने गाउँपालिकाले चार लाख पाँच हजार ८०० र मालिक गाउँपालिकाले तीन लाख सहयोग गरेका हुन् ।

उक्त राहत रकम पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट सङ्कलन गरी कोषमा दाखिला गरिएका हो ।