उद्धार गरिएका साहले भने- सुरुङमा ३/४ जनामात्रै छन्, सबै सुरक्षित छन्,


काठमाडौं, भदौ १९ । रसुवाको त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र ३/४ जनामात्रै रहेको जानकारी गराएका छन् ।

उद्धार टोलीले टनेलभित्र कति जना छन् भनेर सोधेकामा उनले ३/४ जना रहेको जानकारी दिएको र सबै सुरक्षित रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकाअनुसार अन्यको पनि उद्धारको प्रयास भइरहेको छ । उक्त सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले भर्खरै मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत कबीर महर्जन सकुशल उद्धार गरेको हो ।