१० दिनपछि उद्धार गरिएका सञ्जय साहले भने- ‘सुरुङभित्र सबै सकुशल छन्’


काठमाडौँ । माथिल्लो त्रिशूली ३ ‘ए’को सुरुङभित्र बाट सकुशल उद्धार गरिएका सञ्जय साहले त्यहाँभित्र सबैजना सकुशल रहेको बताएका छन्।

१० दिनपछि केहीबेरअघि मात्रै उनलाई त्यहााब्ँट उद्धार गरिएको थियो । उनीसहित कविर महर्जनको पनि सकुशल उद्धार भएको छ ।

उद्धारपछि बाहिर निकालिएका साहले सुरुङभित्र फसेका सबै मानिस सकुशल रहेको जानकारी दिएका हुन्।

सञ्जय शाह मेकानिकल फोरम्यान र कविर महर्जन मेकानिकल सुपरभाइजर हुन्।

शाह र महर्जनलाई उपचारका निम्ति हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी हुँदैछ।