१० दिनपछि त्रिशूली–३ ‘ए’ बाट उद्धार गरिएका २ जनालाई काठमाडौँ पठाइयो


नुवाकोट। १० दिनपछि त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका २ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ पठाएको छ ।
 
३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनको आज उद्धार भएको थियो ।  शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए । 

नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले उनीहरुको उद्धार गरेको हो ।