कांग्रेस सभापति गगन थापा आज रसुवा जाँदै


काठमाडौँ । नेपाली कांग्रेस सभापति गगन कुमार थापा आज बाढी प्रभावित क्षेत्र रसुवामा जाने भएका छन् ।

उद्धार र राहत वितरणको अवस्था बुझ्न उनी विज्ञहरूसहित रसुवा जान लागेका हुन् ।

थापा यसअघि नुवाकोट पुगेर फर्किएका थिए ।

कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग गर्ने घोषणा गरेका छन् भने कांग्रेसको भातृ संस्थाहरु नेविसंघ र तरुण दललगाायतका संस्थाहरु बाढी प्रभावित क्षेत्रमा गएर राहत वितरण गर्ने कार्यहरुमा सक्रिय छन् ।