धादिङ । गत १० भदाैमा त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरस्थित पृथ्वीराजमार्गको सडक खण्ड भासिएपछि नयाँ ट्रयाक खन्ने कार्य सुरु गरिएको छ ।
त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वीराजमार्गको उक्त खण्डमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो । बाढीले सडकको ठूलो हिस्सा बगाएपछि यातायात सञ्चालनमा अवरोध पुगेको थियो ।
सडक सञ्जाल टुटेका कारण आवागमन ठप्प भएपछि हाल सो स्थानमा सडक पुनः सञ्चालनमा ल्याउनका लागि नयाँ ट्रयाक खोल्ने कार्यलाई तीव्रता दिइएको छ । सडक विभाग र सम्बन्धित निकायको पहलमा नयाँ मार्ग तयार गरी राजमार्गलाई पुनः जोड्ने प्रयास भइरहेको छ ।




प्रतिक्रिया