काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने भएका छन् ।
आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पार्टी अध्यक्ष ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्न लागेका हुन् ।
राहत सामग्री हस्तान्तरणपछि अध्यक्ष ओलीसहित पार्टीका नेताहरू नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको प्रचारविभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।




प्रतिक्रिया